शीर्षकहरू

हिमालयन लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंसिर २७ गते हुने

हिमालयन लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंसिर २७ गते हुने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको मंसिर ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २७ गते बागेगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

त्यसै अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने वा प्राप्ति गर्न संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रम तोक्ने तथा सोसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाबाट पारित हुने छ ।