शीर्षकहरू

भूकम्प जाँदा डराउनु पर्दैन्, क्षति कम गर्ने उपाय खोज्नुपर्छ

यस बर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौं भन्नेमा स्पष्ट हुन्छ । विगत २६ बर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौं । त्यसकारण जोखिम न्युनिकरण गर्नको लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ । 

भूकम्प नेपालमा केन्द्रविन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन छिaमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमाना भन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ । हालै तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पले पनि त्यो पाठ पढाएको छ । यो सामान्य लागेपनि साधारणतय नेपालमा जाने भूकम्पहरु टेक्टोनिक प्लेटको जुधाइको कारण अथवा दुईवटा टेक्टोनिक प्लेटहरु एकआपसमा ठोकिंदा हिमालय क्षेत्रमा त्यसको सिर्जना हुने हो । हाल त्यही प्रक्रिया चलिरहेको छ ।  जुन प्रक्रिया अहिले पनि चलिरहेको छ । त्यही सिलसिला मध्ये हिमालय भन्दा उत्तरतर्फ इन्डियन प्लेट र युरोसिन प्लेटको जुधाइ अथवा इन्डियन प्लेटको मुनी युरोसिन प्लेट छिर्दा शक्ति संचय हुन्छ ।  अर्को भनेको उत्तरतर्फ  रहेको युरोसिन प्लेटको आफ्नै गति हुन्छ त्यसले नेपालमा जाने भूकम्प र उत्तरतिर जाने भूकम्पको प्रकिया फरक हुन्छ ।

नेपालमा जाने प्रकिया एकआपसमा जुध्दाखेरी उत्तरतर्फ रहेको हिमालयको भाग ठुलो भूकम्प जाँदा त्यो दक्षिणतर्फ सर्छ भने तिब्बतमा गएको भूकम्प साधारण प्रकृतिको नै रहेको देखिन्छ । तिब्बतका भूकम्पहरु साधारण प्रकृतिको नै हुन्छ । त्यो विपरीत दिशामा हुनेखालको हुन्छ । हिमालयहरुमा जाने भूकम्पहरु भन्दा कमजोर पनि हुन्छन् । तिब्बततिर धेरै गहिराइमा पनि जाने हुन्छन् किनभने इन्डिएन प्लेट तिब्बततिर पुग्दा धेरै गहिराइमा जान्छ  । नेपालमा भन्दा त्यसको गहिराइ तल हुन्छ । तर यस पटक चाहीं दुर्भाग्यवस धेरै माथि केन्द्रबिन्दु बनाएर आयो । जसले क्षति गरायो । 

नेपालमा भूकम्पको जोखिमको कुरा गर्दा हिमालयको मात्र गरेर हुँदैन् । नेपालमा भूकम्प कति गएका छन् भनेर ऐतिहासिक तथ्याङ हेर्ने हो भने १२५५ इस्वी संबतमा गएको सबैभन्दा पुरानो तथ्याङ छ ।  जुन भूकम्पमा परी अभय मल्ल राजाको मृत्यु भएको थियो । त्यसभन्दा पछाडि वा अगाडीको भूकम्पहरुका बारेमा जानकारी छैन् ।  त्यसपछि ९० र ०४५ सालको पुर्वी नेपालमा भएको देखिन्छ । मध्य नेपालमा  भने सोह्रौ र अठारौ शताब्दीमा अर्थात १८९० मा गएको पाइन्छ । चौधौ शताब्दीमा पनि भूकम्प गएका छन् । त्यसपछि ०७२ सालमा अढाइ बर्षको अन्तरालमा मध्यम खालका भूकम्पहरु गए । त्यस्तै पश्चिमतिर करिब पाँचसय बर्ष अगाडिको मुस्ताङ केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको देखिन्छ । यि सबै तथ्यांकहरुले हामी भुकम्पीय जोखिममा अहिले मात्र होइन विगतदेखि नै रहेछौ भन्ने देखाउँछ ।

भूकम्प जब हिमालय क्षेत्रमा बन्ने प्रकृया सुरु भयो त्यो चाहीं पाँच करोड पहिलेदेखिको प्रकृया हो । त्यही प्रक्रिया अहिलेपनि चलिरहेको छ । यो अझै करोडौं बर्ष चल्छ ।  त्यसले गर्दा हामी सदैव नेपाल भुकम्पीय जोखिममा रहिरहन्छ । 

सचेतनाको कुरा गर्दा विश्वमा के भइरहेको छ भन्ने कुराहरु हेनुपर्छ । संसारको सबैभन्दा ठुलो भूकम्प चिलीमा १९६०मा गयो । ९.५ म्याग्निच्युटको भूकम्प थियो । त्यसपछि गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो । मानवीय क्षति र थोरै भौतिक क्षति भएको देखिन्छ । त्यसैगरी गोरखा भुकम्प भूकम्प जस्तै न्युजरल्याडमा जाँदा दुई जना मानिसको मृत्यु भयो तर हाम्रोमा करिब नौं हजारको मानवीय क्षति भयो । नेपालमा गइरहेका भुकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पुर्वतयारी पुगेको छैन् विशेषत भूकम्पका लागि हामी कहिले पनि तयारी भएनौं । परापुर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर हामी सचेत हुन सकेका छैनौं । जोखिम न्युनिकरणमा गरेका कामहरु कम भएको देखिन्छ । त्यस्तै गरेर ७२ सालको भुकम्पपछि चाहीं जनताहरु धेरै सुसुचित भइसकेका छन् । सबैलाई भूकम्प जान्छ त्यसबाट कसरी बच्ने भन्ने कुरामा छलफल भएको पाइन्छ । राज्यबाट नीति नियमहरु धेरै बनिसकेको छ । हुनत भूकम्प जाँदाखेरी हामीले बनाएका संरचनाले नै क्षति गर्ने हो । 

क्षति कम गर्नका लागि भवन आचारसंहिता बनिसकेको अवस्था छ । तर यति हुँदाहुँदै पनि जाजरकोट र बझाङमा भूकम्प जाँदा पनि सोचेको भन्दा धेरै ठूलो क्षति भयो । यि सबै कुराहरु हेर्दा ९० र ०७२ सालको भूकम्पपछि जनताहरु सचेत त भएको देखिन्छ तर सिमित सहरी र सुगम क्षेत्रमा मात्र त्यो चेतना छ । जाजरकोट, रुकुम, बझाङ जस्ता ठाँउमा पुग्नुपर्ने सूचना नपुगेको अनुभव हुन्छ । 

यसमा स्थानीय तह सबैभन्दा बढी जागरुक हुनुपर्छ । किनभने हामीले जति नियम कानून बनाउँछौ,त्यो जनताको दैलोसम्म पु¥याउने स्थानीय निकायले हो । त्यसकारण स्थानीय निकाय सक्रिय भएर काम गरे बढी प्रभावकारी हुन्छ । जनतामा भूकम्प आउन सक्छ, म जोखिममा छु भनेर थाहा पाउनुपर्छ र सुरक्षित हुनुपर्छ भन्ने ज्ञान आवश्यक छ । जबसम्म जानकारीबोध जनमानसमा हुदैँन् तबसम्म जनता सुरक्षित हुँदैनन् । भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न के गर्नुपर्छ भन्ने कुराहरु सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठूलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनको लागि र अभ्यास नियमति रुपमा गराउन सक्यौ भने भूकम्प जाँदा आत्तिन पर्दैन् होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनु पर्छ भनेर पनि भन्न पर्दैन् होला । 

भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु पर्दैन् भन्ने कुराहरु सूचनाका रुपमा आइ नै रहेका छन् । सरकारले कति गर्ने हो भन्ने कुरा हो । एउटा भवन आचारसंहित बनाएर लागू भएको वर्षौ भइसक्यो । गत वर्ष फेरि त्यसलाई सुधार गरेर लागू गरिएको छ । यो भनेको भूकम्पबाट हुने क्षतिलाई कम गर्नको लागि यसरी संरचना निर्माण गर्नुपर्छ है भन्ने कुरा त कानूनका रुपमा लागू भइ नै सक्यो । 

जोखिममा भएका घर र संरचनाहरु कुनै छन् भने त्यसलाई सबलीकरण गर्ने कुरामा सरकारले गर्न सक्ला भन्दैगर्दा देशको आर्थिक अवस्था हेर्ने हो भने त्यो सम्भव पनि नहोला ।  त्यसमा राज्यले गर्नपर्ने कुरा ७२ पछिको भूकम्पमा ऐन कानून एवम प्राधिकरण नै बनिसकेको अवस्था छ । राहत वितरण, उद्धार कार्यमा सरकारले राम्रो काम गरेको कुरा देखेका छौ । 

तर संरचनाहरु तुरुन्तै बनाइदिने र छाडिदिने गर्दा आवश्यक परेको बेला तुरुन्तै त्यसले काम गर्न नसक्ने अवस्था पनि देखिएको छ । सरकार र नीजि क्षेत्रबाट पनि भूकम्पको क्षति न्यूनीकरण कार्य भूकम्प दिवस अथवा कुनै घटनाको सेरोफेरोलाई पारेर मात्र बढि सक्रिय हुने गरेको देखिन्छ । यो कुरालाई हटाउनुपर्छ र सरकारले अध्ययन, अनुसन्धानमा बढी ध्यान नदिएको जस्तो पनि देखिन्छ । त्यसबाहेक भइरहेका कुरा लागू गर्ने विषयमा पनि सरकारको कमजोरी भएको छ । 

हाम्रो देश यस्तो ठाँउमा छ, जहाँ भूकम्पीय शक्ति सञ्चित हुन्छ । त्यो भन्नुको अर्थ कुनै न कुनै समयमा यहाँ ठूलो भूकम्प जान्छ । लामो समयको लागि कुनै गतिविधि भएको छैन् भन्दैमा जोखिम नभएको होइन् । हामीसँग विभिन्न समयमा भूकम्प गएको धेरै इतिहासहरु छन् । यि कुराहरु दोहोरिरहेका छन् । त्यसैले क्षति गर्ने नै हो भन्ने कुरा हामीले मनन् गर्नुपर्यो र भूकम्प जाँदा डराउने होइन् त्यसको क्षति कम कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्छ । 

भूकम्प जाँदा के गर्ने, कसरी काम गर्ने भन्ने बारेमा अन्य ठाँउमा अध्ययनहरु भइसकेको छ । प्राविधिक तयार भई सकेका छन् । ति प्राविधिहरु हाम्रो देश अनुकुल प्रयोग गर्न सक्नुपर्छ । यही हिसाबले सबैले काम गरौं । भूकम्पले गर्ने क्षति भनेको दुई किसिमको हुन्छ । एउटा मानविय र अर्को भौतिक क्षति हो । मानविय क्षति मानवले निर्माण गरेका भौतिक संरचनाहरुले नै गराउँछ । त्यसकारण सबैभन्दा पहिला हामीले बनाउने संरचनाहरु नै बलियो बनाउनुपर्छ तर त्यो बनाउनको लागि पनि अध्ययन अनुसन्धान देशभित्रै गर्यौं भने मात्र सम्भव हुन्छ । त्यस आधारमा संरचनाहरु बनाए मात्र जोखिम न्यूनिकरण गर्न सक्षम हुन्छौं । 

हामीले भूकम्प सम्बन्धी तथ्य सूचना जनतामा पु¥याउन सक्यौं भने जनतालाई अस्वस्थ्य पार्न पनि सकिन्छ । यसो गर्न सके भविष्यमा हुने क्षती कम गर्न सक्छौ । ९० सालको भूकम्पको नाम नै ‘बिहार–नेपाल’ छ किनभने त्यो बेला नेपाल र भारतमा केन्द्रविन्दु पत्ता लगाउन सक्ने व्यवस्था थिएन । त्यसमध्ये भूकम्पले करिब १६ हजार मानिसको ज्यान लियो । त्यसमध्ये ८ हजार बिहारमा मृत्यु भएको मानिसको संख्या थियो । नेपालको विभिन्न ठाँउ गरेर ८ हजार मानिसको मृत्यु भएको थियो भने भारतको एउटै ठाँउमा बिहारमा ८ हजारको मृत्यु हुँदा ९० सालको भूकम्पलाई नेपाल बिहार भूकम्प भनेर नाम दिइएको हो । हाम्रो भौगोलिक अवस्थाको कारण महाभूकम्पहरु उत्तरी क्षेत्र हिमालयको मुनि केन्द्रविन्दु जान्छन् । तर त्यो पहाडको चट्टान कता सर्छ भन्दा दक्षिणतर्फ चुरेसम्म सर्छ । महाभूकम्प आफैमा ठूलो भयो र चुरेसम्म पुगेर जमिन चिरा पार्दा सबैभन्दा बढि खतरा र क्षति बढि हुन्छ । नेपालमा हुने महाभूकम्पको क्षति सबैभन्दा बढि पहाडमा हुन्छ ।

(खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित ।)