शीर्षकहरू

कोरोनापछि तंग्रिदा विश्वमा चीनको दबदबा !

कोरोनापछि तंग्रिदा विश्वमा चीनको दबदबा !

चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा त्यहाँका राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए- 'हामीले अनुमान गरे झैँ चीनमाथि ठूलो  आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस विरुद्ध लड्नुपर्छ।' राष्ट्रपतिको यो भनाई त्यसैबेला पनि अर्थपूर्ण मानिएको थियो। 

यसबाहेक, उनले सो भाइरसलाई 'भूत र सैतान'को रूपमा वर्णन गरे। राष्ट्रपति सी एक कन्फ्यूशियनिस्ट हुन् । त्यसैले उनी अलौकिक शक्तिमाथि विश्वास गर्दैनन्। यो प्रसङ्ग किन उठाइएको हो भने चिनियाँ सांस्कृतिक परिप्रेक्ष्य भूतको अर्थ  "विदेशी सैतान" हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले  "अमेरिकी सेनाले नै वुहानमा महामारी ल्याएको" ट्वीट गरेपछि सी ले भनेको 'सैतान' शब्दको अर्थ खुलेको छ। 

झाओ लिजियानले अक्टोबर २०१९ मा वुहानमा भएका सैन्य अभ्यासहरूमा अमेरिकी सेनाको प्रतिनिधिमण्डल सामेल विषयलाई अघि सार्दै अमेरिका तिर दोष पन्साएका थिए। हुन पनि अहिले अमेरिकामा यसको ठूलो प्रभाव छ र ११३ जनाको ज्यान लिइसकेको छ।  त्यसो त चिनियाँहरू यो भाइरस पहिले अमेरिकामा फैलिएर पछि मात्र चीनमा आएको बरु चीनमा पहिचान भएको र अमेरिकाले यसको पहिचान नै गर्न नसकेको समेत भन्न थालेका छन्। 

इरान र इटालीमा कोरोना भाइरसको जिनमा देखिएको भिन्नताले यस्ता प्रश्नलाई थप बलियो बनाएको छ। यसबारे चीनका सञ्चार माध्यमहरूले खुला रूपमा प्रश्नहरू सोधिरहेका छन्। यसबाहेक मानिसहरूले गएको न्यूयोर्कमा भएको इभेन्ट २०१ किन आयोजना गरिएको थियो भन्ने पनि प्रश्न गर्दै छन्। कुनै कारण बिना एक घातक भाइरसको कारण हुने विश्वव्यापी महामारीको लागि सो पूर्वाभ्यास किन गरियो ? वुहान्मा कोरोना देखिनु भन्दा ठिक एक महिना अघिमात्र यस्तो कार्यक्रमको आयोजना हुनु के संयोग मात्र होला ? धेरैले यसको जवाफ खोजिरहेका छन्। 

त्यतिमात्र होइन इभेन्ट २०१ बिल र मेलिंडा गेट्स फाउन्डेसन, विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ), सीआईए, ब्लूमबर्ग, जोन हप्किन्स फाउन्डेसन र संयुक्त राष्ट्र सङ्घ द्वारा प्रायोजित गरिएको थियो। अनि त्यो कार्यक्रम ठिक त्यही दिन सुरु भयो जुन दिन वुहानमा विश्व सैन्य खेलहरू खेल्न सुरु गरिएको थियो। 

यसको बाबजुद, यो कुरा अझै निर्णायक रूपमा स्थापित छैन। तथापि ट्रम्पले "चिनियाँ भाइरस" भन्दै  ट्विट गरे सँगै कोविद १९ ले बायोपोलिटिक्स (र जैव-आतङ्कको बारेमा गम्भीर प्रश्नहरू खडा गरिसकेका छन्।

एक पटक बेइजिङले कोरोना भाइरसलाई बायो हतियारको आक्रमणको रूपमा पहिचान गरेपछि "जनयुद्ध" मार्फत त्यसलाई परास्त गरेको छ। तुरुन्तै बेइजि्गले एयर चाइनाको उडानमा २३०० ठूला बक्सहरूसहित इटलीमा सामग्री पठाएको थियो।  मास्कले भरिएका ती बाकसमा लेखिएको थियो, "हामी एकै समुद्रका छालहरू, एउटै रूखका पातहरू र उही बगैँचाबाट फूलहरू।" चीनले इरानमा पनि ठूलो मानवीय प्याकेज पठाएको थियो आठवटा उडान मार्फत।  र उल्लेखनीय यो छ कि त्यो क्रममा अमेरिकाले इरानलाई लगाएको एकपक्षीय प्रतिबन्धको बेवास्था गरिएको थियो ।

यहाँ सर्बियाली राष्ट्रपति अलेक्सान्डर भिकिकले भनेको कुराले अझ स्पष्ट पार्छ : “हामीलाई सहयोग गर्न सक्ने एक मात्र देश चीन हो। अहिले हामीले बुझ्नु पर्छ कि यूरोपीय ऐक्यबद्धता अब अस्तित्वमा छैन। त्यो कागजमा गरिएको एक परिकथा मात्र थियो। ” 

यी सबै कुराले पुष्टि गर्ने कुरा यो हो कि अब विश्व राजनीतिमा शक्ति सन्तुलन बदलिसकेको छ।  चीनले एक सक्षम राष्ट्रको रूपमा आफूलाई स्थापित गरेको छ भने अमेरिका लगायतका शक्तिहरू मानवीय संवेदना समेत गुमाएको अवस्थामा छन्। जाल, धोका, आक्रमण आदिले अब विश्वको नेतृत्व गर्दैन बरु सहयोग, सद्भाव र मानवीय मूल्यको सम्मानले मात्र त्यो प्राप्त गर्न सकिन्छ भन्ने कोरोना प्रकरणले पुष्टि गरेको छ। अब चीनको पक्षमा विश्व जनमत बन्दैछ। वास्तवमा विश्व प्रणाली (वर्ल्ड अडर) परिवर्तन भएको प्रमाणित भएको छ। (एजेन्सीको सहयोगमा )

र यो पनि पढ्नुहोस

ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेको अभिव्यक्तिमाथि चीनको कडा आपत्ति

कोरोनाका कारण चीन-अमेरिकाको सुरु भयो ‘कोल्ड वार’

‘कोरोना भाइरस’ - मेड इन चाइना कि अमेरिका ?

कसले बनायो कोरोना भाइरस :चीन, अमेरिका कि इजरायलले ?