शीर्षकहरू

सहकारीका समस्या समाधान गर्नेबारे गम्भीर भएर काम गरिरहेका छौंः रजिष्ट्रार घिमिरे

सहकारीका समस्या समाधान गर्नेबारे गम्भीर भएर काम गरिरहेका छौंः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीमा देखिएका समस्या समाधानबारे गम्भीर भएर काम गरिरहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार आयोजना गरेको सहकारी पत्रकारिता तालिममा बोल्दै उनले यस्तो बताएका हुन् ।   

कार्यक्रममा बोल्दै उनले भने, ‘केही सहकारी संस्थाहरूमा समस्या आएको छ । त्यस्ता सहकारीका कारण कतिपय बचतकर्ताहरूको पैसा डुबेको छ । उनीहरूका लागि कसरी बचत फिर्ताका कामहरू गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ । सहकारीका देखिएका अस्वस्थ गतिविधिहरू कसरी रोक्न सकिन्छ भनेर हामी गम्भीर भएर काम गरिरहेका छौँ ।’ 

त्यस्तै, उनले सहकारीलाई माध्यम बनाएर आर्थिक अपचलन गर्ने कार्य भएको बताउँदै अगाडी भने, ‘कानुन विपरीत काम गर्ने सहकारीहरूलाई रोक्ने काम सरकारले गरिरहेको छ । सहकारी क्षेत्रमा नीति निर्माण गर्ने र उनीहरूको यस्तो कदमलाई रोक्ने लगायतका कामहरू सरकारले गरिरहेको छ ।’  

सहकारीमा गर्न हुने काम र गर्न नहुने कामहरूबारे जनचेतना फैलाउनु पर्ने उनले बताए । सहकारीमा आफ्नो भविष्य पनि रहेकाले नकारात्मक कुराको मात्रै चर्चा गर्न नहुने उनको तर्क छ ।