शीर्षकहरू

गार्डियन माइक्रोको ठूलो शेयरधनीको रुपमा हिमालयन रिको 'इन्ट्री', दिपक भट्टको स्वामित्व घट्यो

गार्डियन माइक्रोको ठूलो शेयरधनीको रुपमा हिमालयन रिको 'इन्ट्री', दिपक भट्टको स्वामित्व घट्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ठूला लगानीकर्ताहरुको संस्था १५ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सो भन्दा धेरै स्वामित्व होल्ड गर्ने लगानीकर्ताको संख्या १५ रहेको छ।

जसमध्ये सबैभन्दा धेरै स्वामित्व दीपक भट्ट र एसजी फिनकोर्प प्रालिले ओगटेका छन् । उनीहरुको समान १५/१५ प्रतिशत स्वामित्व रहेको छ । अर्थात् ११ लाख २५ हजार कित्ताकार दरले उनीहरुको शेयर रहेको छ । जहाँ अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को अत्यसम्म उनीहरुको शेयर स्वामित्व समान २१.४३/२१.४३ प्रतिशत थियो । गत आवमा उनीहरुको स्वामित्व घटाएका हुन् ।

यस्तै, कम्पनीको लगानीकर्ताको रुपमा हिमालयन रिइन्स्योरेन्सको इन्ट्री भएको छ । कम्पनीको तेस्रो ठूलो शेयर होल्डरको रुपमा हिमालयन रि प्रवेश गरेको छ । कम्पनीमा हिमालयन रिको स्वामित्व १३.६१ प्रतिशत तथा १० लाख २० हजार कित्ता शेयर रहेको छ ।

यसैगरी, नेपबुल क्यापिटलले पनि स्वामित्व घटाएको छ । हाल यस कम्पनीको ८.०३ प्रतिशत स्वामित्व तथा ६ ला २० हजार कित्ता शेयर रहेको छ । जुन अघिल्लो आवमा कम्पनीको स्वामित्व ११.४७ प्रतिशत रहेको थियो । यसैगरी, अन्य कम्पनीहरूको पनि स्वामित्व घटेको छ । गार्डियनले गत आवमा आईपीओ जारी गरेको थियो । जारी पुँजीको ३० प्रतिशत आईपीओ जारी गरेपछि साविकका प्रोमटरहरुको स्वामित्व सर्वसाधारणमा हस्तान्तरण भएको हो ।

हाल हुलास अटो क्राफ्ठ प्रालि, राज बहादुर शाह र शुभम् दुगडको समान  ३ लाख कित्ता शेयर तथा ४/४ प्रतिशत स्वामित्व, मेटा इन्भेष्टमेन्ट कम्पनी प्रालिको १ लाख १० हजार कित्ता शेयर तथा १.६७ प्रतिशत स्वामित्व, प्रिन्ट सेल इमेजिङ प्रालिको १ लाख १० हजार कित्ता शेयर तथा १.४७ प्रतिशत स्वामित्व, सुलोचना अग्रवाल र लिला अग्रवालको समान १ लाख कित्ता शेयर र १.३३/१.३३ प्रतिशत स्वामित्व रहेको छ ।

त्यसैगरी, लियो मोटर्स प्रालिको ८५ हजार कित्ता शेयर तथा १.१३ प्रतिशत स्वामित्व, ललिता गोल्यान, आकाश गुप्ता र साक्षी बस्नेत गुप्ताको समान ७५ हजार कित्ता शेयर र १/१ प्रतिशत स्वामित्व रहेको छ । 

null