काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका ठूला लगानीकर्ताको संख्या १५ रहेको छ । जसमध्ये चन्द्र ढकाल र उनका भाई हेमराज ढकालको स्वामित्व सबैभन्दा धेरै रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार हेमराज ढकालको शेयर स्वामित्व ६.०५ प्रतिशत र चन्द्र ढकालको ४.६२ प्रतिशत रहेको छ । हेमराजसँग कम्पनीको १८ लाख ३१ हजार ४०४ कित्ता शेयर रहेको छ भने चन्द्रसँग १३ लाख ९८ हजार ७७१ कित्ता शेयर रहेको छ ।
कम्पनीको चौथो ठूलो शेयरधनी रहेको नबिल बैंकसँग ३.६१ प्रतिशत शेयर स्वामित्व तथा १० लाख ९२ हजार ३९८ कित्ता शेयर रहेको छ ।
तेस्रो ठूलो शेयरधनी उशा इन्भेष्टमेन्टको स्वामित्व ४.५६ प्रतिशत तथा १३ लाख ८१ हजार ३२६ कित्ता शेयर रहेको छ भने आरएमसी इन्भेष्टमेन्टसँग २.५४ प्रतिशत स्वामित्व तथा ७ लाख ७० हजार ४१८ कित्ता शेयर, हाथवे इन्भेष्टमेन्ट नेपालसँग १.९० प्रतिशत तथा ५ लाख ७५ हजार कित्ता शेयर, कुमार पौडेलसँग १.६९ प्रतिशत स्वामित्व तथा ५ लाख १२ हजार कित्ता शेयर, वीरेन्द्र कुमार संघाईसँग १.६८ प्रतिशत स्वामित्व तथा ५ लाख ८ हजार कित्ता शेयर र टिका बहादुर रानाभाटसँग १.३५ प्रतिशत स्वामित्व तथा ४ लाख ८ हजार ६६० कित्ता शेयर रहेको छ ।
यसैगरी, सुमित कुमार अग्रवालसँग १.२८ प्रतिशत स्वामित्व तथा ३ लाख ८६ हजार ८१० कित्ता शेयर, विशाल अग्रवालसँग १.२१ प्रतिशत स्वामित्व तथा ३ लाख ६७ हजार ६७४ कित्ता शेयर, पूजा इन्टरनेशनल नेपालसँग १.११ प्रतिशत स्वामित्व तथा २ लाख ३७ हजार कित्ता शेयर, दीपक कुवँरसँग १.०६ प्रतिशत स्वामित्व तथा ३ लाख २२ हजार कित्ता शेयर, मन्जु अग्रवालसँग १.०२ प्रतिशत स्वामित्व तथा ३ लाख ८ हजार कित्ता शेयर र तुल्सि राम अग्रवालसँग १ प्रतिशत स्वामित्व तथा ३ लाख २ हजार ४३१ कित्ता शेयर रहेको छ ।
साबिक आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भएर आईजीआई प्रुडेन्सियल बनेको हो । २०८० वैशाखदेखि आईजीआई प्रुडेन्सियलले नयाँ कम्पनीको रुपमा कारोबार सुरु गरेको हो ।
कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा २ करोड ७ लाख रुपैयाँ घाटा ब्योहोरेको छ । जसको चुक्ता पूँजी ३ करोड ३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले ५८ करोड ७८ लाख रुपैयाँ बीमशुल्क संकलन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो वर्ष ९.७४ प्रतिशत नगद लाभांश दिएको थियो ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा योगेश भक्त बादे श्रेष्ठ रहेका छन् भने सञ्चालक समितिको अध्यक्षमा हेमराज ढकाल रहेका छन् । जो कम्पनीको सबैभन्दा ठूला शेयरधनी हुन् ।
आर्थिकन्यूज

