काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
माघ १८ गते ठमेलको एलफ्ट होटलमा दिउँसो १ बजेदेखिबाट सभा शुरु हुने होटलले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने ६ करोड ४६ लाख ८७ हजार ५०० रुपैयाँ नगद (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाबत तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।