शीर्षकहरू

क्रेष्ट माइक्रो लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

क्रेष्ट माइक्रो लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गत अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुलाएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा हालसम्म १०.४३ गुणा बढी अवेदन परिसकेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।  प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन भएकोमा हालसम्म १ करोड ९२ लाख ९७ हजार ११० कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

क्रेस्टमाईक्रो इन्स्योरेन्स कम्पनी लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७५ करोड रुपैयाँ तथा चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।