शीर्षकहरू

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ खुल्यो

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ खुल्यो

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आज फागुन २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १४ लाख ७६ हजार कित्ता शेयर आम सर्वसाधारणका लागि जारी गरेको हो ।

कम्पनीले जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा १ लाख ८० हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ५४ हजार कित्ता शेयर कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी रहेकाे छ।