शीर्षकहरू

कहिले हुन्छ क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड ?

कहिले हुन्छ क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड ?

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड गर्ने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आईपीओ बाँडफाँडको मिति तय गरेको जानकारी दिएको छ । 

आईपीओ चैत ५ गते मंगलबार बिहान ८ः३० बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ । यसअघि शुक्रबार कम्पनीले प्रि अलटमेन्ट गरिसकेको छ । कम्पनीले आम सर्वसाधारणका लागि फागुन २२ गतेदेखि २६ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुलाएको थियो । जसमा १३.२७ गुणा बढीको आवेदन परेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो, जसमा २० लाख ४८ हजार ५३८ जनाले २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। 

क्रेस्टमाईक्रो इन्स्योरेन्स कम्पनी लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७५ करोड रुपैयाँ तथा चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ ।