शीर्षकहरू

ओम मेगाश्रीकाे आईपीओमा १६ गुणा बढी आवेदन

ओम मेगाश्रीकाे आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १६.०२ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि फागुन २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म १६.०२ गुणा बढी आवेदन परेको हो । 

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १४ लाख ७६ हजार कित्ता शेयर आम सर्वसाधारणका लागि जारी गरेको हो । जसमा आइतबार साझसम्म १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ता शेयरका लागि अवेदन दिएका हुन् ।

कम्पनीले जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा १ लाख ८० हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, ५४ हजार कित्ता शेयर कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।