काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पौने २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । विभिन्न शेयरधनीको नाममा रहेको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर कम्पनीले बिक्रीमा राखेको हो ।
उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने जनाइएको छ । जसका लागि संस्थापक शेयरधनीले आजको मितिबाट ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । यदि सो अवधिसम्म आवेदन नपरेमा आम सर्वसाधारणका लागि सो शेयर बिक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।
उक्त कम्पनीको केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंमा आवेदन दिन सकिने छ ।