काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले बीमितलाई वितरण गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८०/०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो ।
जस अनुसार बीमितले अधिकतम प्रति हजार ६५ रुपैयाँ बोनस पाउने छन् । ४५ वर्ष वा सोभन्दा बढी अवधिका लागि सावधिक बीमा पोलिसि खरिद गरेका बीमितले ६५ रुपैयाँ बोनस पाउने उल्लेख गरिएको छ । यसैगरी, सावधिक बीमा पोलिसि ३५ वर्षदेखि ४४ वर्ष अवधिका लागि खरिद गरेका बीमितले ६३ रुपैयाँ र २५ वर्ष देखि ३४ वर्ष अवधिका लागि खरिद गरेका बीमितले ६१ रुपैयाँ बोनस पाउने छन् ।
त्यसैगरी, जीवन बचत पोलिसि २५ वर्ष वा सो भन्दा बढी अवधिका लागि खरिद गरेका बीमितले ६३ रुपैयाँ बोनस पाउने छन् ।