शीर्षकहरू

सूर्यज्योति लाइफले केयर्स कार्ड र ई–कर्जा सेवा शुरु गर्यो

सूर्यज्योति लाइफले केयर्स कार्ड र ई–कर्जा सेवा शुरु गर्यो

काठमाडौं । नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको छ। सोमबार काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कम्पनीले यी दुवै डिजिटल सेवा सार्वजनिक  गरेको छ। उक्त सेवा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उद्घाटन गरेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सूर्यज्योति केयर्स कार्डमार्फत बीमित तथा अभिकर्ता विभिन्न होटल, रेस्टुरा, मल, फिटनेस, अस्पतालका सेवा तथा हवाई र सिनेमा टिकट खरिद गर्दा आकर्षक छुट पाउने बताएन्। 

यो सुविधा उपभोग गर्न बीमितको न्यूनतम ५ लाखको बीमांकको बीमालेख हुनुपर्ने नियम रहेको छ भने बीमालेख नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड ६ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने व्यवस्था तोकिएको छ।

ई–कर्जा सुविधा उपभोग गर्न ३ वर्ष पूरा भई ३ वर्षको बीमाशुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकृतम ५० हजार रुपैयाँसम्म कर्जा पाइने, केवाईसी अपडेट हुनुपर्ने, कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने, ई–कर्जामा बीमालेख धितो राख्न सहमत भएको मानिने र सेवाशुल्कबापत ५० रुपैयाँ लाग्ने सर्त कम्पनीले राखेको छ। यो सुविधा बीमितले खल्ती, ई–सेवा, फोनपे, कनेक्ट आईपीएस र एनआईसी एसिया बैंकमार्फत लिन सक्नेछन्।