काठमाडौं । रोयल इन्फिल्ड क्लासिक ३५० का ५ भेरियन्ट नेपालमा सार्वजनिक भएको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुयाइने कम्पनीको भनाई छ । यसको सुरूवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ ।
सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एवीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसवी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अवदेखि नेपालमा क्लासिक सवै भेरियन्टमा एवीएस उपलब्ध हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका वाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार सधैं विशेष रहँदै आएको बताए । सिकेडी सञ्चालनको दुई वर्षमानै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दर्शाएको मायाबाट निकै हर्षित र कृतज्ञ भएको उनले जानकारी दिए । 'मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ, उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं । ग्राहकसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौं । नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास हामीले लिएका छौं ।' उनले भने ।
हेरिटिज सिरिज : हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपवाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ ।
हेरिटेज प्रिमियम : यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।
सिग्नल सिरिज : कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसंगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको
छ ।
डार्क सिरिज : खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ ।
क्लासिक क्रोम : निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । वीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंलादेश मा छ भने भारतको तमिलनाडुमा State Of Art Manufacturing Factory रहेको छ ।
मूल्य कति ?
हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) को मूल्य ५ लाख ५५ हजार रुपैया रहेको छ । हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज) को मूल्य ५ लाख ६६ हजार, सिग्नल्स (कमाण्डो सेण्ड) को मूल्य ५ लाख ६६ हजार, डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक )को मूल्य ५ लाख ७३ हजार र क्रोम (इमराल्ड)को मूल्य ५ लाख ७९ हजार ९ सय रुपैया रहेको छ ।
नेपालमा रहेको रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासीक वाइकको बुकिङ, टेस्ट राइड र बिक्री पनि आजबाट सुरू भएको कम्पनीले जनाएको छ ।
रोयल इनफिल्ड :
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको ब्राण्ड हो । बेलायती जगबाट उत्पादन सुरू गरेको यसले मद्रासमा १९५५ मा प्लान्ट निर्माण गयो । यसले भारतमा मध्यम प्रकारको ट्व ह्वीलर विस्तारमा योगदा पुर्यायो । आकर्षक स्वरूप, बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिङ् अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ ।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् ।
कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइङ फ्ली पनि ल्याएको छ।