काठमाडौं । कैलाली लम्की स्थित किसान बहुउद्धेश्यीय सहकारी संस्थाले २०६७ सालमा प्रभु म्यानेजमेन्टसँग रेमिट सेवाको लागि सम्झौता गरेको थियो । रेमिट सेवा सञ्चालनका लागि सहकारीले म्यानेजमेन्टमा ११ लाख रुपैयाँ धरौटी राखेको थियो ।
सुरुवातमा रेमिट सेवा राम्रै चल्यो । म्यानेजमेन्टले तीन चार दिनमा कारोबार राफसाथ गथ्र्यो । तर, पछि पछि म्यानेजमेन्टले रकम कम कम दिन थाल्यो । विभिन्न बहानामा रकम रोकिन थाल्यो । विगत डेढ वर्ष देखि न त रेमिट सेवा सञ्चालनमा छ न त म्यानेजमेन्टले रेमिट्यान्स भुक्तानी गरेको रकम ट्रान्सफर गरेको छ ।
अहिले सहकारीले सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानी गरे बापतको म्यानेजमेन्टसँग दुई करोड ३५ लाख रुपैयाँ बक्यौता रहेको सहकारीका महाप्रबन्धक डम्बर बहादुर शाहले बताए । रकम भुक्तानी नभएपछि सहकारीले प्रभु म्यानेजमेन्टलाई पटक पटक पत्र पठायो । तर, म्यानेजमेन्टले विभिन्न बहाना बनाउँदै रकम भुक्तानी नगरेको उनले बताए । अहिले भने म्यानेजमेन्टले कम्पनीका पूर्व अध्यक्ष देवीलाल भट्टचनसँग लेनदेन बाँकी रहेकोले राफसाफ गर्न नसकिएको जवाफ पठाएको उनले बताए ।
त्यसपछि सहकारीले नेपाल राष्ट्र बैंक, सहकारी महासंघ लगायतका निकायमा उजुरी दियो । तर, कुनै पनि निकायबाट गुनासो सुनुवाई नै नभएको उनले गुनासो गरे । ‘हामी सबै निकाय पुग्यौ । तर, हाम्रो समस्या सुनुवाई भएन,’ उनले भने । अहिले सहकारीले जिल्ला अदालत कैलालीमा उजुरी दिएको छ । ‘अदालतबाट न्याय पाउने अपेक्षा गरेका छौ,’ उनले भने ।
००००००
स्याङजा भिरकोट स्थित कालिका बचत तथा ऋण सहकारीको प्रभु म्यानेजमेन्टसँग रेमिट सेवा वापतको २४ लाख ४८ हजार रुपैयाँ बक्यौता छ । सहकारीले रेमिट सेवाका लागि म्यानेजमेन्टसँग २०७९ सालमा सम्झौता गरेको थियो । धरौटी बापत सरकारीले तीन लाख रुपैयाँ जम्मा गरेको थियो ।
तर, विगत ढेड वर्ष देखि म्यानेजेमन्टले रेमिट सेवा पनि बन्द गरेको छ बक्यौता पनि भुक्तानी गरेको छैन । म्यानेजेमन्टले पहिला पहिला चार पाँच दिनमा नै राफसाफ गथ्र्यो । अहिले भने रकम नै भुक्तानी नगरेको सहकारीका कार्यकारी प्रमुख भिष्म कोइरालाले बताए ।
म्यानेजमेन्टले रकम भुक्तानी गर्न छाडेपछि सहकारीले प्रभु म्यानेजेमन्टलाई पत्र पठायो । म्यानेजमेन्टले भने भोलि भोलि भन्दै अहिलेसम्म रकम भुक्तानी नगरेको उनले बताए । ‘हामी हप्तौसम्म काठमाडौ नै बसेर प्रभु म्यानेजेमन्टको कार्यलय धायौ । कहिले खाता लक भाको छ भन्छ । कहिले भोलि हुन्छ भन्दै झुलायो । तर, रकम दिएन,’ उनले भने । पहिला पहिला त पत्र त पठाउथे अहिले म्यानेजमेन्टका जिम्मेवार व्यक्ति सम्पर्कमा नै छैनन् । म्यानेजमेन्ट प्रतिक्रिया दिन छाडेपछि सहकारीले माउ संस्थालाई गुहा¥यो । तर, कही कतैबाट पनि सुनुवाई नभएको उनले बताए ।
००००००
कैलाली गोदावरी नगरपालिका वडा ८ स्थित एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाले विगत सात बर्ष अगाडी रेमिट्यान्स सेवा सञ्चालनका गर्नका लागि प्रभु म्यानेजम्यान्टसँग सम्झौता गरेको थियो । एजेण्टका रुपमा काम गर्नका लागि सहकारीले म्यानेजम्यान्टलाई चार लाख रुपैयाँ धरौटी समेत बुझायो । सहकारीले केही समय सेवा सञ्चालन पनि ग¥यौ । तर, विगत दुई वर्ष देखि म्यानेजम्यान्टले रेमिट्यान्स भुक्तानी बापतको रकम सहकारीलाई दिएको छैन । सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानी गरे बापतको सहकारीको ११ लाख रुपैयाँ बक्यौता छ ।
रकम निकासा गरिदिनका लागि सहकारीले प्रभु म्यानेजम्यान्ट, केन्द्रिय सहकारी बचत तथा ऋण, नेपाल राष्ट्र बैंक र सहकारी विभागमा समेत निवेदन दिएको छ । तर, कसैले पनि साथ नदिएको सहकारी अध्यक्ष सुरज बोगटीले गुनासो गरे ।
प्रभु बैंकको लोगो राखेर उनीहरु गाँउ गाउँ छिरेर सहकारीलाई एजेण्ट बनाए । त्यतिबेला हामीलाई धेरै प्रलोभन र विश्वास दिलाइयो । अहिले सबै फरार छन् । हामीले विश्वास गरेर पैसाको कारोबार गरेका थियौ । अहिले हामीलाई कसैले पनि साथ दिएको छैन ।
०००००
सिन्धुपाल्चोकको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रेमिट्यान्स सेवा शुरु गर्नका लागि प्रभु म्यानेजमेन्टसँग पाँच वर्ष अगाडी सम्झौता गरेको थियो । रेमिट्यान्स सेवाका लागि सहकारीलाई म्यानेजमेन्टमा ३ लाख रुपैयाँ धरौटी पनि राख्यो । तर, डेढ वर्ष देखि म्यानेजमेन्टले रेमिट्यान्स भुक्तानी बापतको रकम समेत निकासा गरेको छैन ।
सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानी गरे बापतको सहकारीले म्यानेजमेन्टसँग करिब ३० लाख रुपैयाँ भुक्तानी लिनुपर्नेछ । तर, म्यानेजमेन्ट न त रेमिट्यान्स सेवा सुचारु गरेको न त बक्यौता भुक्तानी गरेको छ ।
रकम भुक्तानी नभएपछि शुभकामना सहकारीले पनि प्रभु म्योजेमेन्ट बक्यौता भुक्तानी गरिदिन आग्रह गर्दे पत्र लेखेको थियो । तर, म्यानेजमेन्टले पूर्व अध्यक्ष देवीलाल भट्टचनले कम्पनीको रकम प्रयोग गरेको र राफसाफ हुन बाँकी रहेकोले भुक्तानी गर्न समय लाग्ने जवाफ दिएको सहकारीकी व्यवस्थापक मञ्जु दाहालले बताइन् ।
०००००
सुर्खेतको वातावरण सुधार बहुउद्धेश्यीय सहकारीले संस्थाले प्रभु म्यानेजमेन्टसँग २०६९ साल असारमा रेमिट सेवाको लागि सम्झौता गरेको थियो । रेमिट सेवाको लागि सहकारीले म्यानेमेन्टसँग ३ लाख धरौटी समेत लिएको थियो ।
रेमिट सेवा बापतको रकम म्यानेजमेन्टले सुरु सुरुमा भुक्तानी गरेपनि पछि पछि भने कम भुक्तानी गर्न थालेको थियो । विगत एक वर्ष देखि भने म्यानेजेमन्टले भुक्तानी नै नदिएको सहकारीका व्यवस्थापक किरण बस्नेतले बताए । रेमिट सेवा बापतको ५० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको सहकारीका व्यवस्थापक किरण बस्नेतले बताए ।
सहकारीले रकम भुक्तानीको लागि राष्ट्र बैंक देखि सबै निकाय पुग्यो । तर, कसैले कुनै सहयोग नगरेको उनले गुनासो गरे । सहकारीले गत चैत १७ गते काठमाडौं जिल्ला अदालतमा म्यानेजमेन्ट विरुद्ध उजुरी दिएको छ ।
०००००
डोटीको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि प्रभु रेमिट्यान्ससँग रेमिट सेवाको लागि २०७१ सालमा सम्झौता गरेको थियो । रेमिट सेवाको लागि नै सहकारीले ८ लाख रुपैयाँ धरौटी समेत रोखेको छ ।
तर, अहिले प्रभु म्यानेजेमन्टले रेमिट सेवा नै बन्द गरेको छ । तर, सहकारीको धरौटी भने म्यानेजमेन्टले फिर्ता नगरेको सहकारीका कार्यकारी प्रमुख मदन भट्टले बताए । पिडित सहकारीको सुनवाई भएन, गृहमन्त्रीलाई भेटेपछि मात्रै सिआईबीले लियो उजुरी
प्रभु म्यानेजेमन्टबाट ठगिएका पिडित सहकारी रकम भुक्तानीको लागि विभिन्न निकाय धाईरहेका छन् । तर, कहि कतैबाट उनीहरुको गुनासो सुनुवाई भएको छैन ।
पिडित सहकारीले नेपाल राष्ट्र बैक, सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लगायतका निकायले भने आफनो जिम्मेवारी नभएको भन्दै पन्छिदै आएको वातावरण सुधार सहकारीका प्रमुख कार्यकारी किरण बस्नेतले बताए ।
केही सहकारीले भने प्रभु म्यानेजमेन्टका पूर्व अध्यक्ष देवीलाल भट्टचनसँग राजीनितक लाइन मिलेको भन्दै उजुरी नगर्ने भन्दै पछि हटेको कालिका सहकारीका प्रमुख कार्यकारी भिष्म कोइरालाले बताए । ‘केही सहकारीले भट्टचन हाम्रो पार्टीको मान्छे हो । उहाँले हिसाब किताब मिलाउछु भन्नु भएको छ । हामी कही कतै उजुरी गर्देनौ भन्छन,’ उनले भने ।
विभिन्न जिल्लाका पिडित सहकारीले काठमाडौमा नै बसेर सम्बन्धित निकाय सबै धाए । केन्द्रिय अनुसन्धान व्यूरोले पनि पिडितको उजुरी लिन नमानेको उनले बताए । ‘व्यूरोले पनि उजुरी नलिएपछि हामीले सुदुरपश्चिमकै गृहमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझायो । त्यसपछि उहाले व्यूरोलाई बोलाउनु भयो । अनि मात्रै हाम्रो उजुरी लिइयो,’ उनले भने ।
गाउँ गाउँ सहकारीको रकम ठगी गर्ने व्यक्तिलाई राजनैतिक दल, सरकार र सम्बन्धित नियमनकारी निकायकै संरक्षण भएको वातावरण सहकारीका प्रमुख कार्यकारी बस्नेतको दाबी छ । ‘यति ठूलो ठगि एकजनाले मात्रै सम्भव छैन । यसमा सबैको मिलिभगत छ । नत्र राष्ट्र बैंकले प्रभु रेमिट्यान्सको कारोबारको किन छानबिन गर्दैन ?,’ उनले भने ।
केन्द्रिय अनुसन्धान व्यूरोका प्रवक्ता सुधिर राज शाहीले यस बिषयमा छानबिन सुरु भै सकेको बताए । ‘व्यूरोमा विभिन्न जिल्लाका सहकारीको उजुरी आउने क्रम जारी छ । व्यूराले सबैलाई जाहेरी दिनका लागि आग्रह पनि गरेको छ,’ उनले भने । तर, यसलाई ठगी भन्न मिल्छ कि मिल्दैन । प्रभु मनि ट्रान्सफरले सुपर एजेण्ट राख्न मिल्थ्यो कि मिल्दैनथ्यो भन्ने लगायतका बिषयमा छानिबिन गर्न सम्बन्धित नियमनकारी निकायसँग सोधपुछ गरीरहेको उनले बताए ।
कालिका सहकारीका प्रमुख कार्यकारी कोइरालाका अनुसार देशभरका ३५ सय सहकारीको करिब ६ अर्ब रुपैयाँ म्यानेजमेन्टले भुक्तानी गरेको छैन ।
प्रभु समूहको नाममा सहकारी ठगिए
प्रभु म्यानेजेमन्टले प्रभु समूहको नाममा गाउँ गाउँमा भएको सहकारीलाई ठगेको पिडित सहकारीहरुको आरोप छ । प्रभु म्यानेजमेन्टले सहकारीलाई एजेण्ट बनाउँदा गाउँ गाउँमा प्रभुको लोगो र प्रभु समूह अध्यक्ष देवी भट्टचनको प्रयोग गरिएको उनीहरुले गुनासो गरेका छन् ।
विभिन्न व्यवसाय सञ्चालन गरी देशैभर व्यापार गरेको समूहले ठगी गर्ला भन्ने लागेन । विश्वासमा परेर कारोबार गरियो । विश्वासमा परेर कारोबार गर्दा ठगिएको किसान बहुउद्धेश्यीय सहकारीका महाप्रबन्धक डम्बर बहादुर शाहले बताए ।
एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरज बोगटीले प्रभु समूहको लोगो राखेर फसाइएको बताए । ‘प्रभु म्यानेजमेन्टको पनि भट्टचनकै हो भनेर हामीलाई सम्झाइयो । हामीले पनि ठूलो कम्पनीले विश्वासघात नगर्ला नी भनेर कारोबार ग¥यौ,’ उनले भने । तर, यो त सुनियोजित ठगी धन्दा रहेछ ।
हामीले विश्वासको आधारमा कारोबार ग¥यौ । देशैभर कारोबार गरेको कम्पनीले ठगेर वा भागेर त नजाला नी भन्ने लाग्यो । यसको मुख्य दोषी एमाले सांसद एवम् प्रभु समूहका अध्यक्ष देवीलाल भट्टचन र प्रभु म्यानेजमेन्ट अध्यक्ष कुसुम लामा भएको उनले बताए । ‘रेमिट्यान्सको योजना ल्याएर सहकारी ठग्ने मुख्य जिम्मेवार व्यक्ति यि दुवै हुन् । तत्कालिन सहकारी बोर्डका अध्यक्ष दक्ष पौडेलले पनि यसमा सहभागी छन् । अहिले एक अर्कालाई दोषारोपण गरेर उम्किने कोशिसमा छन्,’ उनले आक्रोश पोखे ।
देवीभटट्चनलाई कानुनी दायरामा नल्याएसम्म हाम्रो रकम भुक्तानी हुँदैन : पिडित
एमाले सांसद एवम् प्रभु समूहका अध्यक्ष देवी भट्चनलाई हतकडी नलगाएसम्म पिडित सहकारीले भुक्तानी नपाउने कालिका बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी भिष्म कोइरालाले बताए । ‘म्यानेजमेन्टसँग सम्झौता हुँदा अध्यक्ष भट्टचन नै थिए । त्यसैले यो रकम राफसाफ नगरी उनी उम्कनु मिल्दैन,’ उनले भने ।
कानुनी रुपमा भट्टचन अहिले म्यानेजमेन्टसँग बाहिरिएका छन् । त्यसैले यो घटना आफनो संलग्नता नभएको दाबी गर्दै आएका छन् । त्यस्तै, प्रभु म्यानेजमेन्टकी अहिलेकी अध्यक्ष कुसुम लामा भने भट्टचनसँग लेनदेन बाँकी रहेकोले सहकारीको रकम भुक्तानी गर्न नसकिएको बहाना गर्दै आएकी छिन् । तर, यि दुवैको आपसी मिलेमत्तोमा करिब ३५ सय सहकारीको रकम ठगिएको उनले दाबी गरे । ‘यिनीहरु हामीसँग बेमेले भएको नाटक गर्दैछन् । तर, आन्तरिक रुपमा भट्टचन, लामा र तत्कालिन सहकारीका बोर्डका अध्यक्ष दक्ष पौडेल अहिले पनि चलखेलमा नै सक्रिय छन्,’ उनले भने ।
सहकारीले प्रत्यक्ष रुपमा रेमिट्यान्स सेवा गर्न पाउने व्यवस्था छैन । त्यसैले ठगिएका सहकारी खुलेर बाहिर आउन नसकेको पनि उनले बताए । ‘ठगिएका सहकारी खुलेर बाहिर आउन सक्दैनन भनेर नै तिनै जनाले ठूलो चलखेल रचेका हुन्,’ उनले भने ।
सुर्खेत स्थित वातावरण सुधार बहुउद्धेश्यीय सहकारीका प्रमुख कार्यकारी किरण बस्नेतले नेपाल राष्ट्र, सहकारी महासंघ र केन्द्रिय बचत तथा ऋण सहकारी संघले पनि म्यानेजमेन्टको ठगीलाई ढाकछोप गर्ने काम गरेको आशंका व्यक्त गरे । ‘राष्ट्र बैंकले प्रभु म्यानेजेमन्टलाई कारवाही गर्न नसकेपनि प्रभु रेमिटयान्सलाई कारवाही गर्न सक्छ नि । प्रभु रेमिट्यान्स भुक्तानी हुन बाँकी रहे बराबरको रकम भित्राएको छ कि छैन । सो रकम म्यानेजमेन्टलाई भुक्तानी गरेको छ कि छैन । त्यो त राष्ट्र बैंकले अनुसन्धान गर्न सक्छ नि,’उनले भने । तर, राष्ट्र बैंकले कारवाही गर्नबाट पन्छिन खोजेको उनले दाबी गरे ।
याे पनि ः प्रभु समूहको सहकारी घोटला : करिब ४ हजार सहकारीको ६ अर्ब रकम गायब