शीर्षकहरू

सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्ष पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कर्मचारीहरुको हकहित,सिप तथा व्यक्तित्व विकाश नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए। 

साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको  सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। कम्पनीले यो आर्थिक वर्ष २०८१र८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे। 

साथै उक्त अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रुपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरुको वृत्ति विकासको लागि प्रतिबद्ध रहेको बताए।