काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ३ हजार ८१२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार कम्पनीको खुद नाफा उक्त प्रतिशतले वृद्धि भएको ।
चालु आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७ लाख एक हजार रुपैयाँ मात्रै थियो । यो अवधिमा कम्पनीको कुल सम्पत्ति पनि ह्वात्तै बढेको छ । गत आवको चैत मसान्तसम्म ५६ करोड ४८ लाख रुपैयाँ रहेको सम्पत्ति ९४ करोड ३५ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी सँगै जीवन बीमा कोष पनि वृद्धि भएको छ । चुक्ता पुँजी ५२ करोड रुपैयाँबाट ७५ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोषमा १२ करोड ६५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ करोड ३४ लाख रुपैयाँ थियो ।
कम्पनीको ईपीएस ४.८८ रुपैयाँ रहेको छ भने पीई रेसियो ५०७.९१ गुण रहेको छ । यसैगरी, प्रति शेयर नेटवर्थ १०२.९३ रुपैयाँ रहेको छ ।