काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि भने ९ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
सर्वसाधारणका लागि २४ लाख १५ हजार ३ सय कित्ता शेयर निष्काशन हुनेछ । नेपाल धितोपत्र बोर्डले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियाे । जसमध्ये कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई बिक्री गरेर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले ४३.०७ प्रतिशत शेयर सर्वसाधरणमा बिक्री गर्न लागेको हो । उक्त आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ ।
सान्भी इनर्जी लिमिटेड एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनी सन् २०२० मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । सान्भीको २ वटा जलविद्युत आयोजना छन् ।
कम्पनीले प्रवर्धन गरेका आयोजनामध्ये जोगमाया खोला साना जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेर बिक्री समेत थालिसकेको छ । यो आयोजना ७.६ मेगावाटको छ।
कम्पनीको जोगमाया खोला क्यासकेड जलविद्युत आयोजना भने निर्माणाधीन अवस्था छ । उक्त आयोजना ५.२ मेगावाटको हो ।