शीर्षकहरू

भक्तपुरमा बिस्केट जात्रा, थिमिमा चान्हेसिया जात्रा सम्पन्न

भक्तपुरमा बिस्केट जात्रा, थिमिमा चान्हेसिया जात्रा सम्पन्न

भक्तपुर । भक्तपुरमा परम्परागत रूपमा मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको पचपन्न हात लामो लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायत जिल्लाबाट हजारौं भक्तजनको भीड लागेको छ। जनविश्वासअनुसार यो जात्रा हेरे शत्रु नाश हुने र मनोकांक्षा पूरा हुने मानिन्छ।

यसैगरी भक्तपुरको दधिकोट र सिरुटार क्षेत्रमा रहेको चरखण्डी महादेव मन्दिरमा मेला लागेको छ। कुण्डमा स्नान गरी पूजा गर्दा रोग नाश हुने जनविश्वासले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

मध्यपुरथिमिमा हिजो साँझ सुरु भएको चान्हेसिया जात्रा आज बिहान सम्पन्न भएको छ। बालकुमारी, दक्षिण बाराही, विष्णुवीरलगायत देवगणलाई परिक्रमा गराई आ–आफ्नो स्थानमा विराजमान गराएपछि जात्रा विसर्जन गरिएको हो। यसरी भक्तपुर र थिमि क्षेत्रमा नयाँ वर्षको अवसरमा परम्परागत जात्रा भव्य रूपमा सम्पन्न हुँदैछ।

प्रतिक्रिया