शीर्षकहरू

रास्वपाका उम्मेदवारहरू विभिन्न  ३४ क्षेत्रहरूमा अग्रता कायम गर्दै

रास्वपाका उम्मेदवारहरू विभिन्न  ३४ क्षेत्रहरूमा अग्रता कायम गर्दै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा उल्लेखनीय अग्रता लिएका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना भइरहेका ४२ निर्वाचन क्षेत्रमध्ये ३४  क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ। बाँकी क्षेत्रमध्ये ५ स्थानमा नेकपा एमाले, २ क्षेत्रमा नेपाली कांग्रेस र एक स्थानमा नेपाली कम्युनिष्ट पार्टीलले अग्रता लिएका छन्।

सबैभन्दा बढी मतअन्तरमा अग्रता लिने उम्मेदवार रञ्जु न्यौपाने रहेकी छन्, जसले ९,०७८ मतको अग्रता बनाएकी छन्। त्यसपछि विराजभक्त श्रेष्ठले ७,६१७ मतको अग्रता लिएका छन्।

अन्य अग्रता बनाउने उम्मेदवारहरूमा पुकार बम (३,९२२), सन्तोष राजवंशी (३,८५८), रुकेश रञ्जित (३,४५१), मनिष झा (२,७८७), शिशिर खनाल (२,२३८), यज्ञमणि न्यौपाने (२,२०५), खगेन्द्र सुनार (१,७०४), गणेश धिमाल (१,५४४), देवराज पाठक (१,५१५), बालेन्द्र शाह (१,४७८), दिपकराज बोहरा (१,३८०), डा. लेखजंग थापा (१,३७७), आशा झा (१,२२९), प्रमोदकुमार महतो (१,१७७), रवि लामिछाने (१,१५८), गणेश पौडेल (१,०२२), सोविता गौतम (९२५), जनक सिंह धामी (४०१), ज्ञानेन्द्र सिंह महता (२६०) रहेका छन्।

अन्य उम्मेदवारहरू पनि अग्रता कायम गरिरहेका छन्, यद्यपि मतअन्तर सार्वजनिक भइसकेको छैन। तीमा खड्कराज पौडेल, गणेश पराजुली, धनञ्जय रेग्मी, प्रदीप विष्ट, बिना गुरुङ, राजीव खत्री, सस्मित पोखरेल, सुनिल के.सी. र सुरेशकुमार चौधरी तथा सुलभ खरेल रहेका छन्।

प्रतिक्रिया