काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले अग्रता लिएका छन्।
हालसम्म करिब २ हजार ३ सय मत गणना हुँदा शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा एक हजारभन्दा बढी मतले अग्रता बनाएका हुन्।
प्रारम्भिक विवरणअनुसार शाहले १ हजार ४७६ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत पाएका छन्।
झापा–५ को मतगणना अझै जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया