काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले फराकिलो अग्रता लिएका छन्।
निर्वाचन अधिकृतका अनुसार हालसम्म गणना भएका ४ हजार २३४ मतमध्ये अर्यालले २ हजार २४४ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार नानु बास्तोलाले २६१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अजयक्रान्ति शाक्यले १५२ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रको मतगणना बलम्बुस्थित नगरपालिका भवनमा जारी रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया