धनुषा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनाअनुसार झाले २ हजार ७८७ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले ९७२ मत पाएका छन् भने नेकपा एमालेकी जुलीकुमारी महतोले ४७६ मत प्राप्त गरेकी छन्।
यस क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतले जनाएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया