शीर्षकहरू

कास्कीका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता फराकिलो

कास्कीका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता फराकिलो

पोखरा। कास्कीका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता फराकिलो बनाएका छन्।

शुक्रबार बिहानसम्मको मतगणनाअनुसार कास्की–१ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ अग्रस्थानमा छन्। उनले २ हजार ६५३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका तिलक रानाभाटले १ हजार १२३, नेकपा एमालेका बैनबहादुर क्षेत्रीले १ हजार ५०० र नेकपाका राजकाजी गुरुङले १२९ मत पाएका छन्।

कास्की–२ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले २ हजार ४१७ मतसहित अग्रता कायम गरेका छन्। एमालेकी रश्मि आचार्यले १ हजार २१४, कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ७१७ र नेकपाका हेमबहादुर थापाले ९३ मत प्राप्त गरेका छन्।

यस्तै कास्की–३ मा रास्वपाकी विना गुरुङ २ हजार ७४ मतसहित अगाडि छन्। कांग्रेसका मनोज गुरुङले ८९५, एमालेका दामोदर पौडेल ‘वैरागी’ ले ५६७ र नेकपाका गोपाल गिरीले ११८ मत प्राप्त गरेका छन्।

तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया