शीर्षकहरू

काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको  अग्रता

काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको  अग्रता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिएका छन्।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन्। काठमाडौं-१ मा रञ्जु दर्शना, काठमाडौं-२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त महर्जन, काठमाडौं-९ मा डीपी अर्याल र काठमाडौं-१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन्।

ललितपुरमा पनि रास्वपाले दुई क्षेत्रमा अग्रता लिएको छ। ललितपुर-२ मा जगदिश खरेल र ललितपुर-३ मा तोसिमा कार्की अगाडि छन्। ललितपुर-१ मा भने नेपाली कांग्रेसका उदय शम्सेर राणा अग्रता कायम गरिरहेका छन्।

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि छन्। नेमकिपाको गढ मानिने भक्तपुर-१ मा रुकेश रञ्जितले अग्रता लिएका छन् भने प्रेम सुवाल उनलाई पछ्याइरहेका छन्। भक्तपुर-२ मा राजीव खत्री अगाडि छन् भने एमालेका महेश बस्नेत पछि परेका छन्।

प्रतिक्रिया