शीर्षकहरू

रुपन्देही-३ को प्रारम्भिक मतगणनामा रास्वपाका डा. थापाको अग्रता

रुपन्देही-३ को प्रारम्भिक मतगणनामा रास्वपाका डा. थापाको अग्रता

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा लेखजंग थापाले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्। तिलोत्तमा-१३ र ओमसतिया-२ का ४,०६० मतमध्ये २,१६७ मत गणना हुँदा थापाले १,३७७ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपाका फैज अहमद खानले ४५ तथा राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल १ लाख ४० हजार ३५ मतदाता रहेका छन्।

प्रतिक्रिया