विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ।
प्रारम्भिक मतगणनाअनुसार ५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले अग्रता लिएका छन्। उनले २१८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले ११६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवारले २८ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबीच प्रतिस्पर्धा देखिएको छ। मतगणना जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया