शीर्षकहरू

५४ निर्वाचन क्षेत्रको मतगणना जारी : ४२ स्थानमा रास्वपाको अग्रता

५४ निर्वाचन क्षेत्रको मतगणना जारी : ४२ स्थानमा रास्वपाको अग्रता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हिजो सम्पन्न मतदानको मतगणना देशका विभिन्न स्थानमा जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना भइरहेका ५४ निर्वाचन क्षेत्रमध्ये ४२ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ।

बाँकी क्षेत्रमध्ये ४ स्थानमा नेकपा एमाले, ५ क्षेत्रमा नेपाली कांग्रेस, २ स्थानमा नेपाली कम्युनिष्ट पार्टी र एक स्थानमा ःश्रम संस्कृती पार्टीले अग्रता लिएका छन्।

मतगणना भइरहेको काठमाडौंका सबै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि रहेको प्रारम्भिक नतिजाले देखाएको छ। ललितपुर र भक्तपुरका केही क्षेत्रमा पनि रास्वपाले अग्रता कायम गरेको छ।

काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लामा भइरहेको मतगणनामा समेत रास्वपाकै अग्रता देखिएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया