काठमाडौं । राजश्व चुहावट र ठगी मुद्दामा अदालतले सजाय तोकेका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रविण कुमार महतो अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर र महेन्द्र केसी युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०८१ बैशाख १७ गते रु ४ करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र १ वर्ष कैद सजाय तोकेको थियो। प्रविण कुमार महतोलाई चैत २७ गते काठमाडौँको कुलेश्वरबाट पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।
केसीलाई सर्वोच्च अदालतले २०८२ बैशाख २ गते रु २५ हजार जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो। उनलाई २०८२ चैत २७ गते सामाखुसी, काठमाडौँबाट पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया