शीर्षकहरू

युवा क्रिकेटर वैभव सूर्यवंशीको तूफानी प्रदर्शन, नयाँ रेकर्डतर्फ नजर

युवा क्रिकेटर वैभव सूर्यवंशीको तूफानी प्रदर्शन,  नयाँ रेकर्डतर्फ नजर

एजेन्सी । १५ वर्षका युवा क्रिकेटर वैभव सूर्यवंशीले आईपीएल २०२६ मा आफ्नो आक्रामक ब्याटिङले सम्पूर्ण क्रिकेट जगतलाई चकित पारेका छन्। जसप्रीत बुमराहको यॉर्करमा छक्का प्रहार गर्नु होस् वा जोश हेजलवुडको लाइन–लेंथ बिगार्नु, उनले देखाएको आत्मविश्वासले प्रमाणित गरेको छ कि प्रतिभा उमेरको मोहताज हुँदैन।  

आइपीएलका ५ खेलमा २०० रन बनाइसकेका छन् । १८ चौका र १८ छक्का प्रहार गरेका छन् ।  बुमराह र हेजलवुड जस्ता दिग्गज बलरहरूविरुद्ध निर्भीक ब्याटिङ गर्छन सूर्यवंशी।पछिल्लो खेलमा एसआरएच विरुद्ध ‘गोल्डन डक’ भए पनि यो उनको यात्रामा सामान्य अवरोध मात्र मानिएको छ।  

 क्रिकेट जगतमा उनलाई ‘२४ क्यारेट गोल्ड’ भनेर चिनिन्छ।   बीसीसीआईको एक कार्यक्रममा उनले भनेका थिए,“मेरो नजर क्रिस गेलको १७५ रनको रेकर्ड तोड्नेमा छ।”  

पहिलो बलमै छक्का प्रहार गर्ने क्षमताले उनलाई भीडबाट अलग बनाएको छ।  राजस्थान रोयल्सको व्यवस्थापनले उनको मानसिक आत्मविश्वासमा काम गरिरहेको छ।  गामी खेल १९ अप्रिल, ईडन गार्डेन्समा कोलकाता विरुद्ध हुनेछ।   

बिहारको सानो गाउँबाट आएका वैभव सूर्यवंशी भारतका सबैभन्दा होनहार युवा क्रिकेटरमध्ये एकका रूपमा उदाएका छन्। मात्र १३ वर्षको उमेरमा वैभव आईपीएल २०२५ मेगा अक्सनमा शॉर्टलिस्ट हुने इतिहासकै सबैभन्दा कम उमेरका क्रिकेटर बने। यस उपलब्धिले उनलाई भारतीय क्रिकेट जगतमा एकाएक चर्चित बनायो। राजस्थान रोयल्समा चयन आईपीएल २०२५ सिजनका लागि राजस्थान रोयल्सले उनलाई आफ्नो टोलीमा समावेश गर्‍यो। 

प्रतिक्रिया