शीर्षकहरू

सुनको भाउ निरन्तर उकालोमा, चाँदी पनि महँगियो

सुनको भाउ निरन्तर उकालोमा, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। बुधबार एकैदिन तोलामा ६ हजार रुपैयाँले बढेको सुनको भाउ बिहीबार पनि थप उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको थियो।

चाँदीको भाउ पनि बढेको छ। बुधबार ३२० रुपैयाँले वृद्धि भएको चाँदी आज थप ३० रुपैयाँले बढ्दै तोलामा ५ हजार २५० रुपैयाँ पुगेको छ।

यसअघि, गत माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेर तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

त्यसैगरी, चाँदीको मूल्य पनि सोही दिन ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च बिन्दु हो। तर माघ १८ गते भने चाँदीको मूल्य एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन सबैभन्दा ठूलो गिरावटका रूपमा दर्ज छ।

हाल अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको देखिन्छ।

प्रतिक्रिया