शीर्षकहरू

मिड-साइज सेग्मेन्टमा नयाँ आकर्षण : रोयल इनफिल्ड (बुलेट) को ‘गोवन क्लासिक ३५०’ नेपालमा

मिड-साइज सेग्मेन्टमा नयाँ आकर्षण : रोयल इनफिल्ड (बुलेट) को ‘गोवन क्लासिक ३५०’ नेपालमा

अनिल तिवारी

बीरगन्ज। मिड–साइज मोटरसाइकल सेग्मेन्टमा अग्रणी ब्रान्ड  रोयल इनफिल्ड(बुलेट)  ले नेपालमा २०२६ एडिसन ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ।

बोबर–इन्स्पायर्ड डिजाइनमा आधारित यो नयाँ मोडललाई कम्पनीले राइडर–केन्द्रित आधुनिक सुविधासहित बजारमा ल्याएको जनाएको छ, जसले नेपाली बजारमा प्रिमियम मोटरसाइकलप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नयाँ ‘गोवन क्लासिक ३५०’ मा ३४९ सीसी क्षमताको एयर–अयल कूल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ। ५–स्पिड गियरबक्ससहित उपलब्ध यो मोटरसाइकलले सहरको व्यस्त सडकदेखि लामो राजमार्गसम्म सहज, सन्तुलित र आरामदायी राइडिङ अनुभव दिने कम्पनीको दाबी छ।

प्रविधिगत रूपमा पनि यो मोडललाई आधुनिक बनाइएको छ। यसमा असिस्ट–एन्ड–स्लिपर क्लच, USB टाइप–C चार्जिङ पोर्ट तथा डाउनशिफ्ट गर्दा थप नियन्त्रण दिने प्रणाली जस्ता विशेषता समावेश गरिएका छन्। यी सुविधाले राइडिङलाई अझ सुरक्षित, सहज र प्रयोगमैत्री बनाउने विश्वास गरिएको छ।

डिजाइनतर्फ ‘गोवन क्लासिक ३५०’ ले विशेष पहिचान बनाउने देखिन्छ। सिंगल–सिट बबर स्टाइलिङ, फ्लोटिंग राइडर सिट, ह्वाइटवाल ट्युबलेस स्पोक ह्वील, हेलिकप्टर–स्टाइल फेन्डर, स्ल्याश–कट एक्जस्ट र मिड–एप ह्यान्डलबारजस्ता विशेषताले यसलाई प्रिमियम तथा स्टाइलिस लुक प्रदान गरेका छन्। क्लासिक डिजाइन र आधुनिक टचको संयोजनले युवादेखि अनुभवी राइडरहरूसम्मलाई लक्षित गरेको कम्पनीको भनाइ छ।

लन्च कार्यक्रममा अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले ‘गोवन क्लासिक ३५०’ नेपाली बजारका लागि आकर्षक विकल्प बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार स्वतन्त्र जीवनशैली रुचाउने तथा फरक पहिचान खोज्ने राइडरहरूका लागि यो मोटरसाइकल उपयुक्त हुने छ।

कम्पनीका अनुसार यो मोडल नेपालभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछ। यसको एक्स–शोरुम मूल्य ह्याक ब्ल्याक एण्ड पर्पल हेज भेरियन्टका लागि ५ लाख ९८ हजार रुपैयाँ तथा ट्रिप टिल एण्ड रेभ रेड भेरियन्टका लागि ६ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सन् १९०१ मा स्थापना भएको   रोयल इनफिल्ड (बुलेट)   विश्वकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। हाल यसले ८० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ, र नेपाली बजारमा पनि यसको लोकप्रियता निरन्तर बढ्दो छ।

प्रतिक्रिया