शीर्षकहरू

सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सका नाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणभ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत र कुल आम्दानी १९।३५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९.७८ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसा भएको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४छ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।