काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा (आर्थिक वर्ष २०७४/७५ र २०७५/७६) सम्पन्न भएको छ।
उक्त साधारण सभाले आ.व. २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तार सम्बन्धी विभिन्न विषयहरूमा समेत विस्तृत छलफल भएको छ।
साधारण सभामा प्रस्तुत प्रस्तावहरू पारित भएका छन् भने कम्पनीको आगामी कार्यदिशा तथा रणनीतिका विषयमा पनि महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।
कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्त्यमा, साधारण सभा सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शेयरधनी, नियामक निकाय तथा सरोकारवालाहरू प्रति कम्पनी हार्दिक आभार व्यक्त गर्दछ।
आर्थिकन्यूज
प्रतिक्रिया