काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीमा १५९ वटा दाबी परेको थियो ।
प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । कम्पनीमा ९ वटा पोलिसीको ५० करोड दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा ५० वटा पोलिसी बापत ३५ करोड रुपैयाँको दाबी परेको तथ्यांक छ ।
राष्ट्रिय बीमा कम्पनीमा २० वटा पोलिसी बापत सात करोड रुपैयाँको दाबी परेको छ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीमा ६ वटा पोलिसी बापत दुई करोडको दाबी परेको छ।
ओरियण्टल इन्स्योरेन्स कम्पनीमा १३ वटा पोलिसीको तीन करोड रुपैयाँ दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा १६ वटा पोलिसी बराबर चार करोड ४५ लाख रुपैयाँको दाबी परेकाे छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ वटा पोलिसीको तीन करोड १५ लाख रुपैयाँ दाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा ५ वटा पोलिसीको ७५ लाख दाबी परेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा ६ वटा दाबीको ८० लाख रुपैयाँ दाबी परेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १५ वटा पोलिसीको पाँच करोडको दाबी परेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्समा ११ वटा पोलिसीको दुई करोड दाबी परेको छ । नेपाल माइक्रोको इन्स्योरेन्सको ५ वटा पोलिसी २५ लाख दाबी परेको छ ।
तर, नेपाल इन्स्योरेन्स, नेशनल र प्रभु इन्स्योरेन्स कम्पनीमा हालसम्म कुनै पनि दाबी परेको छ । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्समा दाबी नपरेको प्राधिकरणले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया