काठमाडौं । दुबईस्थित एक पानी जहाज कम्पनीमा कार्यरत नेपाली युवा अमृत झा रिहा भएका छन् । आज बेलुकातिर उनलाई इरानले रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।
परराष्ट्रमन्त्री खनालका अनुसार झा अहिले सुरक्षित रूपमा सम्पर्कमा आएका छन्। कतारस्थित नेपाली दूतावासका अधिकारीहरूले इरानसँग निरन्तर समन्वय गर्दै उनको रिहाइ सुनिश्चित गरेका हुन्। झा अहिले दूतावासको टोलीसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ।
दुबईमा कार्यरत झालाई इरानी सेनाले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको कारणबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि उनको रिहाइले परिवार र समुदायलाई राहत दिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया