शीर्षकहरू

एटीएमबाट रकम झिक्ने सीमा घट्यो : एक पटकमा २० हजार, दिनमा कति ?

एटीएमबाट रकम झिक्ने सीमा घट्यो : एक पटकमा २० हजार, दिनमा कति ?

काठमाडौं । एटीएमबाट रकम झिक्ने सीमा घटेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मार्फत एटीएमबाट रकम झिक्न मिल्ने सीमा घटाएको हो । 

निर्देशन अनुसार अब एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न सकिने छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँ एटीएमबाट झिक्न सकिने छ । यस अघि दिनमा १ लाख र महिनामा ४ लाख रुपैयाँ झिक्न सकिने व्यवस्था थियो । 

प्रिपेड कार्ड र क्रेडिट कार्डबाट झिक्ने सीमा भने कुनै हेरफेर भएको छैन । प्रिपेडबाट एक पटकमा १० हजार, दिनमा २० हजार र महिनामा २ लाख रुपैयाँ झिक्न पाउने व्यवस्था यथावत् रहेको छ । क्रेडिट कार्डबाट १० प्रतिशत झिक्न पाइने विगतको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिल बमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्दा अधिकतम सीमा लागु नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम १ लाख र कार्ड जारी गर्न अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । 

भुक्तानी कार्डमार्फत कन्ट्याकलेस कारोबार गर्दा प्रति कारोबार अधिकतम ५ हजार सम्मको कारोबार गर्न सकिनेछ । सोका लागि कारोबार संख्या र जोखिम न्यूनीकरण गर्ने व्यवस्था संस्था स्वयम्ले निर्धारण गर्नुपर्ने छ । 

मोबाइल बैंकिङ एपबाट दिनमा ३ लाख रूपैयाँसम्मको कारोबार गर्न सकिने छ भने वेबसाइटबाट दिनमा २० लाख रूपैयाँसम्मको कारोबार गर्न सकिने छ ।

null

प्रतिक्रिया