काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको मनहरी–८ स्थित मानवसेवा आश्रममा शुद्ध पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
बैंकले परिवारबाट परित्यक्त तथा सहाराविहीन व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त संस्थामा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित उक्त सहयोग प्रदान गरेको जनाएको छ। हस्तान्तरण कार्यक्रम बैंकका बागमती प्रदेश प्रमुख रामकृष्ण काफ्लेको उपस्थितिमा सम्पन्न भएको हो।
बैंकले प्रदान गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै उनीहरूको स्वास्थ्य तथा दैनिकीमा सहजता आउने विश्वास लिइएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया