काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार सामान्य गिरावट देखिएको छ। सुन प्रतितोला ३ हजार रुपैयाँले घट्दा चाँदी १२० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार १३० रुपैयाँमा झरेको छ।
यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि सुन ३ लाख २ हजार ७०० र चाँदी ५ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको छ। हाल एक औंस सुन ४ हजार ८२० अमेरिकी डलर र चाँदी ७५ डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया