शीर्षकहरू

१२ संसदीय समितिमा नयाँ नेतृत्व : सपथ सम्पन्न, ११ सभापति रास्वपाका

१२ संसदीय समितिमा नयाँ नेतृत्व : सपथ सम्पन्न, ११ सभापति रास्वपाका

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १२ संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले सपथ ग्रहण गरेका हुन्। कार्यक्रममा उपसभामुख, मन्त्रीहरू तथा विभिन्न दलका संसदीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिमा सभापति चयन भएसँगै सपथ सम्पन्न गरिएको हो।

नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिमा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग–वाणिज्य तथा श्रम समितिमा रहवर अन्सारी, कानुन समितिमा समीक्षा बास्कोटा र राज्य व्यवस्था समितिमा हरि ढकाल चयन भएका छन्।

त्यस्तै, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, कृषि तथा सहकारी समितिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र निर्देशक सिद्धान्त अनुगमन समितिमा गणेश कार्की सभापति बनेका छन्।

१२ मध्ये ११ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सभापति चयन भएका छन् भने सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका खड्का निर्वाचित भएका हुन्।

सभापति चयनपछि सबैले आ–आफ्नो समितिमा पदबहालीसमेत गरेका छन्।

प्रतिक्रिया