शीर्षकहरू

प्रतिनिधिसभाका चार संसदीय समितिमा नयाँ सभापति चयन

प्रतिनिधिसभाका चार संसदीय समितिमा नयाँ सभापति चयन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार महत्वपूर्ण संसदीय समितिमा नयाँ सभापति चयन भएका छन्।

सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का सर्वसम्मत चयन भएका छन्। सभापति चयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई समितिको प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले विगतका कमजोरी नदोहोऱ्याउने गरी समितिको काम अघि बढाइने बताए।

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन्। उक्त पदका लागि एमालेका गुरु बरालले पनि उम्मेदवारी दिएका थिए। समितिको नेतृत्व सम्हालेपछि शेरचनले सबै सदस्यसँग समन्वय गरेर समितिको काम प्रभावकारी बनाइने बताइन्।

अर्थ समितिको सभापतिमा रास्वपाका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। उनी रामेछाप–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा निर्विरोध चयन भएकी छन्। सभापति चयनपछि उनले समितिको कामलाई छलफल र सहकार्यका आधारमा अघि बढाइने बताइन्।

चारै समितिमा नयाँ नेतृत्व चयन भएसँगै संसदीय कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया