काठमाडौं । २०६२ सालमा उद्योग वाणिज्य महासंघको सदस्यता लिएका कृष्ण प्रसाद शर्माले दुई कार्यकाल उद्योग वाणिज्य संघ लुम्बिनीको अध्यक्ष भएर काम गरे । यस अवधिमा लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीहरूको समस्यालाई जरै देखि पहिचान गरेर उनले सरकारसँग समस्याको समाधानका लागि धेरै लविङ गरे । यस्तै, आर्थिक विज्ञहरुसँग अर्थ संम्बादको रुपमा पनि धेरै मुद्धाहरु उठान गरेका थिए ।
उनै कृष्ण प्रसाद शर्मा हाल महासंघको जिल्ला नगर तर्फबाट उपाध्यक्षका लागि उम्मेदवार बनेका छन् । महासंघको नेतृत्वले निजी क्षेत्रलाई प्रोत्साहन र अर्थतन्त्रलाई चलायमान गर्ने भुमिका खेल्नु पर्ने उनको सोच रहेको र सोही अनुसार विगतमा पनि आफुले काम गरेको उनी बताउँछन् ।
उनले नेपालको निजी क्षेत्रको समस्या नजिकबाट बुझेकाले पनि आफुलाई उपाध्यक्षमा जिताउनु पर्ने दाबी गरेका छन् । उनका अनुसार जिल्ला नगरका उद्योगिहरुका विभिन्न समस्याहरू हुन्छन् । तराईका उद्योमीको समस्या छुट्टै, पहाडका उद्यामीको र हिमालका उद्योमीको पनि समस्या छुट्टा छुट्टै हुने गर्दछन् । महासंघको उपाध्यक्ष भएपछि ति समस्याहरूको समाधान गर्न पहल गर्न लागि पर्ने उनको योजना छ ।
विशेषगरी तराई क्षेत्रमा खुला सिमानाका कारण त्यहाँका उद्योगी व्यवसायीले समस्या भोग्नु परेको छ । खुला सिमानाका कारण अवैद्य रुपमा बस्तु भित्रिने समस्याले त्यहाँका उद्योगी व्यवसायी मर्कामा परेका छन् । त्यसको समाधानका लागि सरकारसँग वार्ता गर्ने उनको योजना छ ।
यसैगरी, पहाड तथा हिमाली भेगका उद्योग व्यवसायीहरूको व्यवसाय साना साना हुन्छन् । उनीहरुलाई स्थापित गर्नु आजको आवश्यकता हो । यसैगरी, जिल्ला नगरका उद्योगीलाई संगठन सञ्चालनको लागि आर्थिक स्रोतको अभाव छ । त्यसको लागि पनि महासंघले थप सहयोग गर्नु जरुरी देखिने उनको भनाई छ । जिल्ला नगरमा भएका संगठनलाई सबल बनाउन सकिएन भने महासंघलाई सबल बनाउन नसकिने उनको तर्क छ । जिल्ला नगरका समस्या समाधान गर्न नीतिगत रुपमा नै सुधारको आवश्यक पर्दछ ।
जबसम्म घरेलु उद्योगको स्थापना हुँदैन, जबसम्म घरघरमा साना साना उद्योग स्थापना हुन सक्दैन, तबसम्म देशको अर्थतन्त्र लयमा आउँन सक्दैन । देश आत्मनिर्भर हुनका लागि साना तथा घरेलु उद्योगको भुमिका रहन्छ । साना साना उद्योगबाट नै चिन आजको चिन भएको हो । कुनै पनि ठूलो उद्योग सुरुमा सानो नै थियो । त्यो एनसेल भनौ या भाटभटेनी ।
त्यसकारण सरकारले साना तथा घरेलु उद्योगलाई प्राथमिकतामा राख्नु पर्दछ । साना तथा घरेलु उद्योगको स्थापना र दिगोपनका लागि जागरण ल्याउनु पर्दछ । जो सँग जे शिप छ, त्यस अनुसारको साना उद्योग खोल्न प्रोत्साहन गर्नु पर्दछ । सरकारले साना उद्योगका लागि काम गर्नु पर्दछ । त्यसका लागि बिना धितो कर्जा, सिड मनिको उपलब्धता लगायतको विषयमा सरकारले भुमिका खेख्नु पर्दछ ।
ताकि उनीहरुलाई स्वरोजगार र स्वउद्यामी बनाउन सकियो । यसो गर्दा गाउँ घरमा नै रोजगारी हुन्छ । युवाहरु गाउँबाट पलायन हुनु पर्ने अवस्था कम हुन्छ । यसैगरी, हामीले कृषि क्षेत्रमा विकास गरेर पनि युवालाई गाउँमै रोजगार बनाउँन सकिन्छ । जुम्लामा कुन कृषि उत्पादन हुन्छ पहिचान गरेर सोही बाली लगाउनु पर्दछ । तराईको कुन जिल्लामा कुन बाली राम्रो हुन्छ सोही अनुसार कृषि गर्नु पर्दछ । यसले उत्पादन पनि बढाउँ, साथै रोजगारी पनि ।
यसैगरी, पर्यटन क्षेत्रको लागि पनि वर्गिकरण गर्नु पर्दछ । रोल्पामा रुकुम द्वन्द्व पर्यटकका हिसावले परिचित गराउनु पर्छ । त्यसैगरी, लुम्बिनीलाई धार्मिक पर्यटकको रुपमा चिनाउनु पर्दछ ।
रोजगारीका सम्बन्धमा रोजगारदाता र श्रमीकबीच ठूलो ग्याब छ । उद्योगले श्रमीक तथा कामदार नपाएर भारत, चिनबाट जनशक्ति ल्याउनु परेको छ भने युवाहरुले रोजगार नपाएर बस्नु परेको छ । यो ठूलो ग्याप हटाउनु जरुरी छ । त्यसका लागि देशको उद्योगलाई आवश्यक पर्ने किसिमको शिप युवालाई दिनु पर्दछ । तर, नेपालीको सोचनै विदेश जाने भन्ने छ । विदेशमा काम गरेर आएकाले पनि यहाँ काम गर्न चाहँदैनन् । यसरी युवा शक्ति पलायन हुनुको कारण भनेको बेरोजगारी मात्रै होइन् । देशमै रोजगारी पाएका युवा पनि विदेशी रहेका छन् । सामान्य श्रमिकमात्रै विदेश पलायन भएका छैनन्, वुद्धि जिवी वर्गपनि बाहिरिदै छ । यसरी विदेशीने युवालाई रोक्न निजी क्षेत्रले मात्रै काम गरेर हुँदैन । सरकार पनि लाग्नु पर्दछ ।
देशमा थप रोजगरी श्रृजना गर्न पनि आवश्यक छ । त्यसका लागि सबै क्षेत्रहरु चलायमान हुनु पर्दछ । त्यसका लागि समग्र अर्थतन्त्र चलायमान हुनु पर्दछ । आज बैंकमा तरलता प्रयाप्त छ । उद्योगले ४० प्रतिशत उत्पादन गरेर बसेका छन् । माग छैन । माग नहुँदा उत्पादन घटिरहेको अवस्था छ । आज व्याजदर पनि सस्तो छ । त्यति हुँदा पनि कर्जा विस्तार भएको छैन । यसका लागि सरकारले स्पस्ट पोलिसि बनाउनु पर्दछ । आज सस्तो भएको ब्याजदर भोलि फेरि महँगो हुन्छ । अनि व्यवसायी कालोसूचिमा पर्दछन् । कोभिडका कारण धेरै व्यवसायी पलायन भए । यसरी व्यवसायीको संरक्षणका लागि पनि सरकारले सोच्नु पर्दछ ।
पछिल्लो समय देशमा भएको आन्दोलनको नजर निजी क्षेत्रमा परेको छ । निजी क्षेत्रमा आक्रमण हुने कार्यले पनि मनोबल कमजोर हुन थालेको अवस्था छ । तर, व्यवसायीको मनोबल उकास्न सरकारले काम गर्नु पर्दछ । निजी क्षेत्र पनि खरानीबाट उठेर समृद्ध तर्फ कदम चाल्नु पर्दछ ।
आर्थिकन्यूज
प्रतिक्रिया