शीर्षकहरू

लगातार तेस्रो दिन शेयर बजारमा गिरावट, अब सोमबार मात्र कारोबार खुल्ने

लगातार तेस्रो दिन शेयर बजारमा गिरावट, अब सोमबार मात्र कारोबार खुल्ने

काठमाडौं। नेपाली शेयर बजार लगातार तेस्रो दिन पनि घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक करिब ५८ अंकले घटेको छ। जसले बजारमा निरन्तर दबाब रहेको संकेत गरेको छ।

बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेको हो। यसअघि मंगलबार २६.१६ अंक र बुधबार २५.८१ अंकले झरेको थियो।

साताको अन्तिम कारोबार दिन पनि गिरावट देखिएसँगै लगातार घट्दो प्रवृत्ति कायम रह्यो। यो साताको शुक्रबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहनेछ  भने शनिबार र आइतबार नियमित सार्वजनिक विदा रहेकाले अब नियमित कारोबार सोमबार मात्र पुनः खुल्नेछ।

यस दिन सेन्सेटिभ इण्डेक्स सामान्य ०.०७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेका छन्।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको ४ अर्ब ९८ करोडको तुलनामा बिहीबार ३४६ स्टकको ८० हजारभन्दा बढी कारोबारमार्फत ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बजारमा ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

उपसमूहगत रूपमा १३ मध्ये ११ उपसमूह घटेका छन् भने बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूह मात्र सामान्य बढेका छन्। अधिकांश उपसमूहमा गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर मूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १०.३८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहँदा आँखु खोला जलविद्युत र नेशनल हाइड्रोपावर कम्पनी पनि बढी कारोबार भएका कम्पनीमा परेका छन्।

null

प्रतिक्रिया