शीर्षकहरू

वैदेशिक रोजगार बीमाको व्यापार ३ अर्ब १९ करोड, २ कम्पनीको बजार हिस्सा ५९ प्रतिशत

वैदेशिक रोजगार बीमाको व्यापार ३ अर्ब १९ करोड, २ कम्पनीको बजार हिस्सा ५९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट बीमा कम्पनीहरुले ३ अर्ब १९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अवधिसम्ममा २५ लाख ४० हजार बीमालेख सक्रिय रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार चालु आवको जेठ महिनाको अन्त्यसम्ममा वैदेशिक रोजगार बीमाको ५९ प्रतिशत हिस्सा २ कम्पनीले ओगटेका छन् । सन् नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यस पोर्टफोलियोको ५९ प्रतिशत हिस्सा ओगटेका छन् । सनले ३०.८९ र एशियनले २८.०६ प्रतिशत हिस्सा ओगटेको तथ्यांकले देखाउँछन् । 

जेठ मसान्तसम्म सनले ९८ करोड ६२ लाख र एशियनले ८९ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तथापि सन् भने वैदेशिक रोजगार बीमा व्यवसायबाट बाहिरि सकेको छ । गत वैशाखमा ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सनले जेठ महिनादेखि शून्यमा झारेको छ । अर्थात् यस कम्पनीले गत जेठ महिनादेखि वैदेशिक रोजगार सम्बन्धी बीमा पोलिसि जारी गर्न छोडेको हो । 

यस पोर्टफोलियोको व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स तेस्रो नम्बरमा र नेशनल लाइफ इन्स्योरेन्स चौथो नम्बरमा रहेको छ । ११ महिनामा २२ करोड ६५ रुपैयाँ बीमाशुल्क संकलन गरेर नेपाल लाइफले बजारको ७.१० प्रतिशत हिस्सा ओगटेको छ भने १८ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेर नेशनलले ५.७५ प्रतिशत हिस्सा ओगटेको छ । 

हाल नेपालमा ३ लघु जीवन सहित १७ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् । त्यसमध्ये लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र मेटलाइफले यस पोर्टफोलियोको व्यवसाय गरेका छैनन् । अब, सन् नेपाल पनि बाहिरिएको छ । १४ कम्पनीले मात्रै पोलिसि बेच्नेछन् । तर, राष्ट्रिय जीवन बीमा कम्पनीले भने हालसम्म पोलिसि बिक्री गरेको भने देखिएको छैन । तथापि सो कम्पनी यस बीमालेख जारी गर्ने भनेर पुल सदस्यमा रहेको छ । पुल सदस्यले ३ महिनासम्म बीमालेख जारी नगरेमा स्वत सो कम्पनी पुलबाट बाहिरिने पनि कानूनी व्यवस्था छ । 

null