शीर्षकहरू

प्रभु इन्स्योरेन्समा कर्मचारी सञ्चय कोषको स्वामित्व २१ प्रतिशत बढी, यी हुन् ठूला शेयरधनी

प्रभु इन्स्योरेन्समा कर्मचारी सञ्चय कोषको स्वामित्व २१ प्रतिशत बढी, यी हुन् ठूला शेयरधनी

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या ६ रहेको छ । जसमध्ये सबैभन्दा धेरै शेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेका छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार सञ्चय कोषको स्वामित्व २१.६१ प्रतिशत रहेको छ । बीमा ऐन अनुसार कुनै पनि बीमा कम्पनीमा कुनै एक संस्था, एक व्यक्ति तथा एकाघरका परिवार सदस्यले १५ प्रतिशत भन्दा बढी स्वामित्व होल्ड गर्न पाउने छैनन् । 

बीमा ऐनको यस्तो व्यवस्थालाई बेवास्ता गर्दै कोषले २१.६१ प्रतिशत स्वामित्व होल्ड गरिरहेको छ । कोषसँग बैंकको ३१ लाख १५ हजार कित्ता शेयर रहेको छ । यस्तै, कम्पनीको दोस्रो ठूलो सेयरधनीमा प्रभु बैंक रहेको छ । बैंकले १४ प्रतिशत स्वामित्व होल्ड गरेको छ । बैंकसँग कम्पनीको २० लाख १७ हजार कित्ता शेयर रहेको छ ।

देविप्रकाश भट्टचनसँग ११ लाख १४ हजार शेयर तथा ७.७३ प्रतिशत स्वामित्व, राजेन्द्र मल्लसँग ५ लाख ३९ हजार कित्ता शेयर तथा ३.७४ प्रतिशत स्वामित्व, पूर्णमान शाक्यसँग २ लाख ३० हजार कित्ता शेयर तथा १.६० प्रतिशत स्वामित्व र प्रभु म्यानेजमेन्टसँग १ लाख ८७ हजार कित्ता शेयर तथा १.३० प्रतिशत स्वामित्व रहेको छ ।

 ​​​​​​​null

प्रतिक्रिया