काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन्।
वैशाख १० गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो। यस अघिका सीईओ कमल गौतमले गत माघ ५ गते पदबाट राजीनामा दिएर कम्पनीबाट बाहिरिएका थिए । यससँगै कम्पनीमा सीईओ पद रिक्त थियो । कम्पनीको डीसीईओ रहेकी रेना रिजालले निमित्त सीईओको जिम्मेवारी सम्हालदै आएकी थिईन् ।
भट्टराई तत्कालिन गुराँस लाइफ इन्स्योरेन्समा सीईओ थिए। पछि गुरास लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्ज भएर हिमालयन लाइफ बनेपछि उनी बीमा क्षेत्रबाट अलग भएका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया