काठमाडौं । जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको हो ।
प्रहरी चौकीमा राखिएको उत्तरपुस्तका जलेको कार्यालयले जनाएको छ । तीन वटा सेन्टरको उत्तरपुस्तिका जलेको छ । जसका कारण कार्यालयले परीक्षा दिएकाहरुका लागि पनि पुन परीक्षा गराउने तयारी गरेको जनाइएको छ ।
आर्थिकन्यूज