काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेपाल पे कार्ड (NPS-NCHL) सम्बन्धी सेवा विस्तार गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि बैंकका ग्राहकले आगामी दिनमा नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सक्ने भएका छन्।
बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सम्झौता–पत्र आदानप्रदान गरिएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो।
सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालन हुने नेशनल कार्ड स्विच (NPS–NCHS) तथा डोमेस्टिक कार्ड स्किम (NEPALPAY Card) को प्रमुख सदस्य बनेको छ। यससँगै बैंकका ग्राहकले नेपाल पे कार्डमार्फत सहज डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन्।
कार्यक्रममा दुवै संस्थाका उच्च अधिकारी तथा डिजिटल बैंकिङ क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित ३१४ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटीएम र ९९ शाखारहित बैंकिङमार्फत करिब ४७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया