शीर्षकहरू

लिग–२ अन्तर्गत नेपाल-ओमान भिडन्त, लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

लिग–२ अन्तर्गत नेपाल-ओमान भिडन्त, लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिकोणात्मक शृंखलाको तेस्रो खेलका रूपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे खेल सुरु हुनेछ।

घरेलु मैदानमा जारी शृंखलालाई विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ। पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गर्दै सकारात्मक सुरुवात गरेको थियो। ओमान भने युएईसँग २५ रनले पराजित भएको थियो।

यसअघि शृंखलामा राम्रो लयमा देखिएको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। ओमानका लागि भने यो खेल पुनरागमनको अवसरका रूपमा रहेको छ।

लिग–२ अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ।

दुवै टोलीबीचको पुरानो प्रतिस्पर्धा पनि रोचक रहँदै आएको छ। सन् २०२० मा कीर्तिपुरमै भएको शृंखलामा ओमानले नेपालविरुद्ध ‘क्लिन स्विप’ गरेको थियो। अहिले भने दुवै टोली नयाँ स्वरूप र नेतृत्वसहित आमनेसामने हुँदैछन्।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरिरहेका छन् भने ओमानको कप्तानी जतिन्दर सिंहले सम्हालेका छन्। घरेलु समर्थकको उत्साहबीच नेपालले ऐतिहासिक प्रतिशोध र अंक सुधारको लक्ष्य राखेको छ।

प्रतिक्रिया